७ पुष २०७४, शुक्रबार

रुपन्देही । घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत इन्सपेक्टर मधु नेपालसहित सात प्रहरी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयको सिफारीसमा केही दिनअघि गृह मन्त्रालयले निलम्बन गरेको हो ।

इन्सपेक्टर नेपालले केही बालकहरुलाई मुद्दामा फसाइदिने भन्दै ७० हजार लिएका थिए । त्यस्तै गाँजासहित पक्राउ परेका व्यक्तिहरुसँग ५० हजार रुपैयाँ लिएर उनले उन्मुक्ति दिएका थिए ।

एसपीकै नाम बेचेर पैसा असुल्ने असईसहित अन्य पाँच जना प्रहरीलाई पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निलम्बन गरेको छ। उनीहरुले एसपी श्याम ज्ञवालीकै नाममा पैसा असुलेको अनुसन्धानमा खुलेको छ।

LIVE TV