
विराटनगर । जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण गराउन विराटनगर महानगरपालिकाले सुराकीलाई भत्ता दिने तयारी गरेको छ ।
जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण नभएपछि महानगरपालिकाले फोहोर फ्याँक्नेहरूलाई कानुनअनुसार कारबाही गराउन सूचना दिने सुराकीलाई भत्ता दिने तयारी गरेको हो ।
कसले सडकमा जथाभावी फोहोर फ्याँक्यो भन्ने सूचना दिनेको नाम गोप्य राखेर भत्ता दिइने छ । उजुनसुकै वेला जहाँसुकै फोहोर फ्याँक्नेहरूलाई सुराकीमार्फत पहिचान गरेर दण्ड दिने तयारी महानगरको छ । नयाँ पत्रिका