७ पुष २०७४, शुक्रबार

काठमाडौँ । भारतीय अनुदानमा पुनर्निर्माण गरिने भनिएका भूकम्पले ध्वस्त ७० विद्यालयको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।

भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्रोतका अनुसार निर्माण कार्यको प्रगति शून्य छ । भारतको ऋण सहयोगमा २५० विद्यालय बनाउने सम्झौता छ ।

नेपालस्थित भारतीय दूतावासले अक्टोबर, नोभेम्बर हुँदै समय सार्दै आएको छ । डिसेम्बर पहिलो साता बितिसक्दा पनि एकाइलाई जानकारी गराइएको छैन । नयाँ पत्रिका

LIVE TV