७ पुष २०७४, शुक्रबार

एजेन्सी । इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णयलाई संयुक्त राष्ट्रसंघको महासभाले अस्वीकार गरेका छन् ।

सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरे ।

९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहेका थिए । मतदानपछि प्यालेस्टायनी राष्ट्रपति महमुद

अब्बासका प्रवक्ताले यसलाई प्यालेस्टायनीहरुको जित भएको बताए ।

LIVE TV