७ पुष २०७४, शुक्रबार

ललितपुर । ललितपुरको बालकुमारीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। बिहीबार राति बा ८ च ८७२३ नम्बरको कार र बा ८६ प ९३९२ नम्बरको मोटरसाइकल आपसमा ठाोकिएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक ओखलढुंगा घर भई हाल बालकुमारीमा बस्दै आएका १६ वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारक क्रममा बिएन्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

LIVE TV