७ पुष २०७४, शुक्रबार

नुवाकोटका भूकम्पपीडितले घर पुनर्निर्माणका लागि नदीखोलाबाट निःशुल्क बालुवा उत्खनन् गर्न पाउने भएका छन् । सर्वपक्षीय बैठकले भूकम्पमा घर भत्केर पुनर्निर्माण गर्न समस्या भोगिरहेका भूकम्पपीडितलाई आवश्यक बालुवा उत्खनन् गर्न पाउने निर्णय गरेको हो ।

बैठकले ढुंगा, गिट्टी र बालुवा अभावमा कठिनाइ भोगिरहेका भूकम्पपीडितले जिल्ला समन्वय समितिलाई तिर्नुपर्ने कर बुझाएर नजिकको नदीखोलाबाट बालुवा संकलन गरी घर पुनर्निर्माण गर्न लैजान पाउने व्यवस्था मिलाइएको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए ।

व्यवसायीहरूले बालुवाको माग अत्यधिक रहेकाले पर्याप्त आपूर्ति गर्न खानी सञ्चालनमा सहजीकरणका लागि पनि स्थानीय प्रशासनसँग माग गरेका छन् । तर स्थानीय प्रशासनले भने अवैध कामलाई वैधता दिन नसकिने जनाएको छ । अन्नपूर्ण पोस्ट

LIVE TV