
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन्। आफ्नै पूर्व अनुबन्धनका कारण ओलीले अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएको हो। ओलीले पाँच वर्षे कार्यकालको बाँकी अवधि माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ ।
गत असोजमा दशैंको टीका सकिएलगत्तै बसेको एमालेको बैठकमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए । जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।
माओवादी स्रोतको दाबीअनुसार केपी ओलीले दशैंमा बसेको एमालेको बैठकमा सोही आलोपालो प्रणालीबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । र, माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना सहयात्रीलाई सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको ब्रिफिङ गरेका थिए ।