७ पुष २०७४, शुक्रबार

बार्सिलोना (एजेन्सी)  । बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनले भित्राउन तयारी गरेको छ ।

पा डेल रे मा राम्रो प्रदर्शन गरेका अर्नाइजले ला लिगामा भने अवसर पाएका छैनन् । बार्सिलोनाको रिजर्भ टोलीबाट खेल्दै आएका उनी त्यस टोलीका शीर्ष गोलकर्ता हुन् ।

स्पेनका मिडियाहरुका अनुसार जनवरीमा आर्सनलका प्रशिक्षक आर्सेने वेगंरको टोलीले उनलाई खरिद गरी रिलिज क्लज तिर्न तयारी गरेको छ । अर्नाइजको रिलिज क्लज १७।८ मिलियन पाउन्ड हो ।

LIVE TV