७ पुष २०७४, शुक्रबार

दार्चुला । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना  तुइनमा झुण्डिएर महाकाली नदी तरेका छन् ।

निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट निर्वाचित एमालेका गेल्बुसिंह बोहोरा र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका मानबहादुर धामी त्यहाँ पुगेका हुन् ।

ठगुन्ना एमालेका नवनिर्वाचित सांसद हुन् । उनी अघिल्लो संविधानसभामा पनि दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

LIVE TV