७ पुष २०७४, शुक्रबार

सल्लेरी । सोलुखुम्बुमा आलु र  धान उत्पादन विगतको वर्षको तुलनामा यस वर्ष वृद्धि भएकोे छ ।

मौसमी अनुकूलता, कृषिको तालिम, मलखादको उचित प्रयोगले  आलु तथा धानको उत्पादकत्व सन्तोषजनक रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुको आलु कटारी, खुर्कोट, काठमाडौँलगायतको ठाउँमा निर्यात हुने गरेको छ । सोलुखुम्बुमा १५ सय २५  हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा यस वर्ष  १५ सय २० हेक्टर जमिनमा धान खेती गरिएको छ ।

सोलुखुम्बुको विशेषगरी  तल्लो क्षेत्र नेचाबतासे, नेचाबेतघारी,  मुक्ली, कागेल, देउसा, सोताङ, सल्यान र पन्चनमा धान खेती हँुदै आएको छ ।   गोरखापत्र

LIVE TV