७ पुष २०७४, शुक्रबार

काठमाडौं । बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा  नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन भएको छ । अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा टुगांएको छ ।

खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर ८१ औं मिनेटमा सबिता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

नेपाल र भुटान अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । च्याम्पियनसिपबाट बाहिरिसकेको भुटानको भन्दा पनि नेपालको प्रदर्शन कमजोर रह्यो ।

LIVE TV