७ पुष २०७४, शुक्रबार

काठमाडौँ।  मलेशियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ दिएको छ।   इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको हो।

उनी त्यहाँ सुरक्षाकर्मीका रुपमा कार्यरत थिए । अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।उनी नेपाल फर्किसकेका छन् । गोरखापत्र

LIVE TV