६ पुष २०७४, बिहीबार

आगलागीमा परी बिचल्ली भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको परिवारलाई पुनः स्थापना गर्न देशविदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग संकलन थालिएको छ ।

अग्निपीडित परिवारलाई हस्तान्तरण गर्ने गरी हालसम्म रु ७५ हजार ६० संकलन भइसकेको अभियानमा संलग्न स्थानीयवासीले बताएका छन् ।

गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्लीमा परेका पीडितको सहयोगका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठमाडौंँमा रहेका द्वारसिं राईलगायतको पहलमा सहयोग संकलन अभियान थालिएको जनाइएको छ ।

LIVE TV