६ पुष २०७४, बिहीबार

बाजुरा । बाजुरामा उच्च रक्तश्राव हुँदा एक सुत्केरीको ज्यान गएको छ । स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया शिवु महताराको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको स्वास्थ्यकर्मी भक्त कैलाले जानकारी दिएका छन् ।

बिहीबार १० बजे घरमै बच्चा पाएकी महताराको रक्तश्राप नरोकिएर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका रमेश कुंवरले जानकारी दिए । महताराका ४ छोरी र एक छोरा रहेका छन् ।

अत्यधिक रक्तस्रावका कारण करिव दिउँसो ४ बजे तिर महताराको घरमै मृत्यु भएको बताइएको छ । उनको बर्थिङ सेन्टर घरबाट ६ घन्टाको पैदल दूरीमा रहेको छ ।

LIVE TV