६ पुष २०७४, बिहीबार

लुम्बिनी  । बिश्व शान्तिको आस्था केन्द्र बुद्धजन्मस्थल लुम्बिनी नजिकै रुपन्देहीमा एक पेट्रोल पम्पका संचालकको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार रुपन्देहीको मायादेबी गाँउ पालिका वडा नं। १ अहिरौली स्थित हसन आयल फिलिङ्ग सेन्टरका संचालक अन्दाजी ३५ बर्षीय बुद्धु भन्ने अयुब मुसलमानको बुधवार राति धारलो हतियार प्रयोग गरि हत्या भएको हो ।

जूटको बोरा बाट उनको मुख छोपी पछाडी बाट टाउको, गर्दन, र पिठयु गरि शरीरको तीन ठाँउमा धारिलो हतियार प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको घटना स्थलमा पुगेका ईप्रका लुम्बिनीका प्रनि पुरुषोत्तम राउतक्षेत्रीले जानकारी गराए ।

गए राति अन्दाजी एक ्रडेढ बजे चार वटा मोटरसाईकलमा आएका केही ब्यक्तिहरु पम्पमा सुतीरहेका मुसलमानलाई जगाएर पम्प पछाडी शौचालय नजिकै धारिलो हतियार प्रयोग गरि निर्मम हत्या पश्चात फरार भएको स्थानीयले बताए ।

मृतकको मोबाईलसेटको सबै नम्बर डिलेट गरिनुका साथै मनीपर्स र पम्प बाट कुनै प्रकारको रकम चोरी नभई सुरक्षित रहेकाले आपसी ईस्बी अदावतका कारण पेट्रोलपम्प संचालक खानको हत्या हुन सक्ने प्रहरीको भनाई छ ।

हत्याराहरु अझै कानूनी दायरा बाहिर रहेका कारण आसपासका क्षेत्रमा सनसनी फैलिनुका साथै उद्योगी ब्यवसायीहरु असुरक्षित महशूस गर्न थालेको खबर छ ।

पाँचसन्तानका बाबू समेत रहेका मृतक खानको श्रीमती तीन महिना देखि माईत गए पछि छोरा गाँउ बाहिर पेट्रोल पम्पमा सुत्दै आएको बखत नियोजित हत्या भएको हुदा निजका बाबू अब्दुल गनि मुसलमानले यथाशीघ्र छोराको हत्याराहरुलाई कानूनी दायरा भित्र ल्याउन राज्य सँग माँग समेत गरेका छन ।

यता मृतकको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई अन्त्योष्टिका लागि परिवारका जिम्मा लगाउनुका साथै प्रारम्भिक अनुसंन्धान कार्य जारी भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

LIVE TV