६ पुष २०७४, बिहीबार

काठमाडौं । आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै नयाँदिल्लीको कोठीमा नेपाली महिला पुर्‍याउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का सुने भनिने सुनबहादुर तामाङ छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो सीआइबी उनलाई बुधबार नुवाकोटबाट पक्राउ गरेको हो ।

उनले ०७१ साल जेठमा काठमाडौंकी दुई जना महिलालाई राम्रो काम लगाइदिने भन्दै झुक्याएर नयाँदिल्लीको एक कोठीमा देह व्यापारमा संलग्न गराएका थिए ।

उनीहरु त्यहाँबाट भागेर नेपाल आएका दुई जना महिलाले प्रहरी समक्ष उजुरी दिएका थिए ।

LIVE TV