६ पुष २०७४, बिहीबार

ओखलढुंगा । रक्त क्यान्सर भई उपचारमा रहेका ओखलढुंगाका एक बालिकाका लागी परिवारले सहयोगको अपिल गरेका छन् । लिखु गाउपालिका ८ वाच्पु निवासी श्री नीर कुमार रुपाच सुनुवारका ४ बर्षिय छोरी कृष्टिना सुनुवारलाई रक्त क्यान्सर भएकाले हाल सिभिल हस्पिटल काठमाण्डौमा उपचार गराईरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारले क्यान्सर पिडित बालिकाको उपचारका लागी सहगोग गरि छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन् । बालिकाको स्वास्थ अवस्था गम्भीर रहेकाले केमो दिनुपर्ने भएपनि फोक्सोको इन्फेक्सनले गर्दा केमो दिन नमिल्ने डक्टरले बताए ।

त्यसका लागी दैनिक उपचार खर्च भन्दा बढि ४ लाख रुपौया लाग्ने भएकाले आफुले सक्ने सहयोग गरि छोरीको ज्यान बचाईदिन उनका बुबा श्री नीर कुमार रुपाच सुनुवारले आग्रह गरेका छन् । ‘मर्नु त एकदिन छदैछ तर हामिले गरेको कसैप्रतिको सानो सहयोगले मानबता भन्ने चिजको अस्तित्व रहनेछ त्यसैले मेरी छोरीको जिवन बचाईदिनुस्’ सुनुवारले भने ।

सहयोग गर्नुहुने महानुभावले श्री नीर कुमार रुपाच सुनुवारको मोवाईल ९६९०७४२८४ खबर गर्न सकिने वा एनआइसी एसीया बैकको खाता नम्बर ३३८७६९५२९४५२४००१ मा जम्मा गर्न सकिनेछ । त्यस्तै नेपाली ईन्भेष्टमेन्ट बैकको खाता नम्बर ००४०५००२९४१७१ मा जम्मन गर्न सकिने सुनुुवारले बताए ।

LIVE TV