६ पुष २०७४, बिहीबार

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले प्रविधिको विकाससँगै अपराध नियन्त्रण गर्नमा चुनौती थपिएको बताउनभएको छ । उहाँले अपराधको आधारमा कानून बन्ने र सजाय हुने गरेको अवस्थामा थप सुधारको आवश्यकता रहेको बताउनुभयो ।

महान्यायाधीवक्ताको कार्यालय स्थापना दिवसको अवसरमा फौजदारी कानूनको कार्यान्वयनमा सरकारी वकिल र कानून व्यवसायी भूमिका विषयक कार्यक्रममा प्रधान्यायधीश पराजुलीले फौजदारी मुद्धामा तथ्य र प्रमाणको आधारमा प्रमाणको भार पु¥याउनुपर्ने दायित्व सरकारी वकिलको भएकोले अनुसन्धानमा थप सुधारको आवश्यकता औँल्याउनुभयो

। उहाँले अपराधको पहिलो न्यायधीश सरकारी वकिल हुने भएकोले अपराध अनुसन्धानमा सरकारी वकिलको थप जिम्मेवारी रहेको बताउनुभयो । अपराधको अनुसन्धान गर्ने पद्धतिलाई समयानुकुल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कानूनको कार्यन्वयन मार्फत दण्डहीनता नियन्त्रण गरी समाजमा शान्ति कायम गर्न सरकारी वकिलको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले अपराध नियन्त्रण गर्नका लागि आम नागरिकहरु स्वय. सचेत रहनुपर्ने धारणा राखेका थिए ।

LIVE TV