
स्थानीय प्रशानले सिटी सफारी संचालनमा रोक लगाएपछि सुनसरी स्थित इटहरीका सिटी सफारी चालकल आन्दोलित भएका छन् ।
प्रशासनले इटहरी आसपालका राजमार्गमा सिटी सफारी संचालनमा रोक लगाएपछि आन्दोलित भएका चालकहरुले इटहरीमा चक्काजाम गरेका छन् । निर्वाध रुपमा सिटी सफारी संचालन गर्न पाउनुपर्ने माग राख्दै चालकहरुले सडकमा सिटी सफारी तेस्र्याएर चक्काजाम गरेका हुन ।
सिटी सफारीका कारण सडक क्षेत्र अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले इटहरी क्षेत्रको मुख्य सडकमा सिटी सफारी संचालनमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले चक्काजाम गरेपछि स्थानीय प्रशासनको अगुवाइमा छलफल भएको थियो ।
राजनीतिक दलका प्रतिनिधि समेत सम्मिलित बैठकमा स्थानीय प्रशासन र सिटी चालकबीच कुरा नमिलेपछि सडक अवरुद्ध यथावत छ । सडक बन्द हुँदा इटहरी क्षेत्रबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन प्रभावित भएका छन् ।