६ पुष २०७४, बिहीबार

रामहरि श्रेष्ठ    ओखलढुंगा । ओखलढुंगामा पहिलो पटक गरिएको प्याराग्लाइडिंगको परीक्षण उडान सफल भएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले परीक्षण उडान गर्नुभएको थियो ।

ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठ पनि उडानमा सहभागी थिए ।

ओखलढुंगाको मौसम र हावाको बेग प्याराग्लाइडिंगका लागि सुहाउँदो भएको भन्दै क्षेत्रीले आगामी दिनमा प्याराग्लाइडिंगको माध्यमबाट पर्यटनको प्रचुर सम्भावना रहेकाले आवश्यक पूर्वाधार भने तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

क्षेत्रीसंगै उडान भर्नु भएका स्थानीयवासी श्रेष्ठले आफ्नै ठाउँमा प्याराग्लाइडिंग गर्न पाउँदा खुसी लागेको बताउँनु भयो । उहाँले ओखलढुंगामा प्याराग्लाइडिङको राम्रो सम्भावना रहेकाले पर्यटनको विकासका लागि स्थानीयबासी सहित सम्पूर्ण सरोकारवालाको ध्यान जानुपर्ने बताउनु भयो ।

LIVE TV