६ पुष २०७४, बिहीबार

काठमाडौं । मलेसियामा सुरक्षाकर्मीकारुपमा कार्यरत् इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।

त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसियामा लागुऔषध मुद्दामा मृत्युदन्ड हुने कानुनी प्रावधान छ ।

नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानुन व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उनी बुधबार नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । बुधबारै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् । विगत दुई वर्षदेखि उनी मलेसियाको घरफिर्ती केन्द्रमा बिनारोजगारी बस्न बाध्य भएका थिए ।

LIVE TV