६ पुष २०७४, बिहीबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश निर्माणमा सबै दलहरुसँग सहकार्य गरेर अघि बड्नुको विकल्प नभएको बताएका छन् । सिंगो राष्ट्रलाई एकतावद्ध गरी जोड्नका लागि जनताले जिम्मेवारी दिएको भन्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धन बाहेकका राष्ट्रिय दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए ।

‘चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बेनका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने,’सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यसैबीच एकल संक्रमणीयको विवादका सम्बन्धनमा प्रचण्डले विवाद गर्ने पर्ने कुरा नभएको बताएका छन् । नयाँ चुनावबाट जनताले फैसला गरिसकेको भन्दै संविधानमा भएको कुरालाई दोहोरो ब्याख्या गर्न जरुरी नभएको बताएका हुन् ।

LIVE TV