
नुवाकोट । मानव बेचबिखनको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले वडाअध्यक्ष सुनबहादुर तामाङलाई उनकै कार्यकक्ष घ्याम्फेदीबाट पक्राउ गरेको हो ।
मानवबेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।