६ पुष २०७४, बिहीबार

काठमाडौं ।  राज्यबाटै नागरिकता पाउनबाट बञ्चित नागरिकको समस्या समाधान गर्न काठमाडौंमा नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । नागरिकले नागरिकता लिंदा पाउने समस्या आउन नदिन सम्मेलनको आयोजना गरिएको हो ।

विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिकता पाउनबाट बञ्चित भएका नागरिकहरुले राज्यले गरेको असहयोगको पीडा पोख्दै नागरिकता पाउनका लागि समेत भोग्नुपर्ने समस्याको अन्त्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नागरिकले नागरिकता पाउनुपर्ने भन्दै साझा धारणा बनाउन नागरिक अधिकारकर्मी, कानूनका क्षेत्रमा कार्यरत संघ, संस्था र पीडित पक्षहरुसहितको सहभागितामा विभिन्न समस्या समाधान गर्न सम्मेलनको आयोजना गरिएको महिला कानुन विकास मञ्चकी अधिवक्ता सुष्मा गौतमले जानकारी दिनुभयो ।

संविधानले सबै नागरिकलाई नागरिकता दिने हक सुनिश्चित गरेपनि कतिपय नागरिकले लैगिक विभेदका कारण पनि नागरिकता पाउन सकेका छैनन् ।

LIVE TV