६ पुष २०७४, बिहीबार

काठामाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ह्युम पाईप राखेपछि दुधकोशी पारीका बासिन्दासम्म सडक पहुँच पुगेको छ । थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि काठमाण्डौ लगायत्वतका विभिन्न स्थानदेखि सोताङसम्म सडक यातायात जोडिएको हो ।

file picture

सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी गराए ।

सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले काठमाडौंदेखी सिधै सोताङ हुदै महाकुलुङसम्म सवारी मार्फत् यात्रा गर्न पाउनु खुशीको कुरा भएको सोताङवासीले बताएका छन् । यसअघि सो दुधकोशी नदिमा झोलुङगे पुल मार्फत् यात्रुहरु पैदल यात्रा गर्न र समान ओसारपसार गर्दै आएका थिए ।

LIVE TV