
काठमाडौं । रानीपोखरी पुनर्निर्माणको खाकामा काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले चासो देखाएकी छन् ।
रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेकी हुन् । उनले भनिन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’
उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन् ।
रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई रानीपोखरी पुग्ने होइनन् ।’
रञ्जुसँगै सम्पदाविद सुदर्शन तिवारी पनि मेयरलाई भेट्न पुगेका थिए । उनले पनि रानीपोखरीको पुननिर्माण पुरानै ढाँचामा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।
रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिएकाी छन् ।