६ पुष २०७४, बिहीबार

गायक कृष्ण लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ । ललितपुरको गोदावरीमा छायाकंन गरिएको ‘मायाको सिलसिला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतको भिडियोमा रबिन गुरुङ र रञ्जिता गुरुङको अभिनय रहेको छ । दर्जन भन्दा बढि गीतमा शब्द लय दिएका लामिछानेको यो गीत माया प्रेममा आधारित छ ।

कृष्ण लामिछाने र कल्पना गुरुङको स्वर रहेको गीतको निर्देशन लामिछाने आफैँले गरेका हुन् भने संगीत तथा शब्द पनि लामिछानेकै रहेको छ ।

LIVE TV