६ पुष २०७४, बिहीबार

काठमाडौं । दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।  हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै  हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको हो ।

दुईवटा जहाज खरिद गर्न बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको सरकारले भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय ग¥यो भने असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । सेनाले अहिले फेरि ३ अर्ब ४० करोड रुपैयाँमा दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

 

 

 

 

LIVE TV