६ पुष २०७४, बिहीबार

काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट पि्रमियर लिग ईपीएलमा लगातार तेस्रो जित दर्ता गरेको छ । कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार गरेपछि  भैरहवाले   लगातार तेस्रो जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको  ललितपुर प्याटि्रयट्सले १४२ रनको लक्ष्य दिएको थियो ।  भैरहवाको जितमा रोहित पौडेलले ११ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो ।

यसअघि  ललितपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।  योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए ।

LIVE TV