६ पुष २०७४, बिहीबार

काठमान्डौ ।  बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने  पक्का भने भएको छ।  मार्च १० अर्थात फागूण २६ गते  ‘दबंग टूर’ लिएर नेपाल सलमान खान आउने पक्का भएको हो ।

नेपाल ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको उक्त कार्यक्रमा सलमानले काठमाण्डौको टुँडिखेलमा  आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । सलमान खानसहित ६० जना बलिउडका चर्चित कलाकार र डान्सर नेपाल आउन लागेका हुन् । सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवा लगायत नेपाल आउन लागेका हुन् ।

सो कार्यक्र हेर्न ३ हजारदेखि १० हजारसम्म टिकट दर तोकिएको छ । सलमानका निजी सुरक्षागार्ड, नेपाल प्रहरीको साथमा सयौ सुरक्षागार्डले कार्यक्रमको सुरक्षा दिनेछन् ।

LIVE TV