६ पुष २०७४, बिहीबार

काठमाडौं : सुनको भाउ बिहीबार तोलामा सय रुपैयाँले बढेको छ। सुन तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ५४ हजार ७ सय पुगेको  हो। चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको ७ सय २५ मा कारोबार भइरहेको छ।

LIVE TV