६ पुष २०७४, बिहीबार

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा र पोखरा लेखनाथ महानगरपालिका पशु सेवा शाखा प्रमुख एवम् पशु चिकित्सक ठगेन्दप्रसाद अर्यालबिच एकअर्काप्रति हानाहान भएको छ ।  दुबैले एकले अर्कोलाई कुटपिटको आरोप लगाउँदै कार्वाहीको माग गरेका छन् ।

घटनापछि वडाध्यक्ष लामाले आफूमाथी पशु चिकित्सक अर्यालले आफूलाई कुटपिट गरेको भन्दै वडा प्रहरी कार्यालय रामबजारमा किटानी जाहेरी दिएका छन् भने वडाध्यक्ष लामा आफूमाथी बिना कारण कुटपिट भन्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयरलाई बताएका छन् ।

वडाध्यक्ष लामाले आफूलाई एकान्तमा लगेर कुटपिट गरेको  पशु चिकित्सक अर्यालले बताएका छन् । पहिले टेलिफोनमा मेरो अनुमतिविना किन कार्यक्रम गरेको भन्दै फोनमा धम्काएको र कार्यक्रमस्थलमै पुगेका लामाले स्थानीय एक कृषकको घरको करेसाबारीमा लगेर दुई झापड हानेको अर्यालको भनाइ छ ।

यसैबीच, पशु चिकित्सकहरुले वडाध्यक्षबाटै कर्मचारी कुटिएको भन्दै दोषीलाई कार्वाही नगरेसम्म कास्कीमा काम नगर्ने घोषणा गरेका छन् । उनीहरुले गाउँगाउँमा खटिएका कर्मचारीलाई विहीबारसम्म सदरमुकाम आइसक्न भनेका छन् । सबै कार्यक्रम स्थगित गरी बिरोधका कार्यक्रम गर्ने उनीहरुको योजना छ ।

 

LIVE TV