६ पुष २०७४, बिहीबार

अबुजा । करिब दुई साता अगाडिदेखि सुरक्षा कारबाही सुरु भएको नाइजेरियामा सुरक्षा कारबाहीमा परी २० आतङ्ककारी मारिएका छन्।

नाइजेरियाको आतङ्ककारी समूह बोको हरामलक्षित  सो कारबाहीका क्रममा बोको हरामका १७ लडाकु पक्राउ परेको पनि जनाइएको छ। सुरक्षाकर्मीहरूले हवाइ र स्थलमार्गबाट कारबाही गरेका थियो ।

यस कारबाहीका क्रममा महिला बालबालिका र वृद्धगरी एक सयभन्दा बढीलाई उद्धार गरिएको पनि जनाइएको छ। भिडन्तका क्रममा ६ जना सुरक्षाकर्मी घाइते भएका र उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ।

LIVE TV