६ पुष २०७४, बिहीबार

चितवन । तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चितवनमा पर्यटक आगमन न्यून भएको छ ।

यस क्षेत्रमा कुमाल, थारू समुदायको कला संस्कृति हेर्न र अवलोकन गर्न पाइन्छ । योसँगै राप्ती र नारायणी नदीको सङ्गमस्थलबाट देखिन मनोरम सूर्यास्त, चितवन राष्ट्रिय निकुञ्जका लोपोन्मुख जनावरलगायतको सहजै अवलोकन गर्न सकिन्छ तर पनि यहाँ प्रशस्त पर्यटक आउन नसकेको यहाँका सरोकारवालाले बताएका छन् ।

पश्चिम चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पटिहानी (सीतामाई), जगतपुर (वेलहठ्ठा सामुदायिक वन), कसरा–गोही प्रजनन केन्द्र) शुक्रनगर (किङफिसर) मेघौली, गोलाघाटलगायतका क्षेत्र पर्दछन् । गोरखापत्र

LIVE TV