६ पुष २०७४, बिहीबार

काठमाडौँ । हुलाक सेवा अब थला बसे छ । हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् ।

सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ । केन्द्रीय टिकट भण्डार सुन्धाराबाट फिलाटेलिक ब्युरोले गत आर्थिक वर्षमा दुई करोड ८९ लाख रुपियाँको टिकट खरिद गरेको छ ।  केन्द्रीय टिकट भण्डार सुन्धाराका व्यवस्थापक नारायणप्रसाद पौडेलका अनुसार सुन्धारास्थित गोश्वारा हुलाक, ललितपुर, मकवानपुर, पोखरा, चितवन, मोरङ र झापा अत्यधिक हुलाक टिकट प्रयोग गर्ने अग्रपङ्क्तिमा छन् ।

प्रकाशन भएका टिकटमा एक रुपियाँदेखि २, ३, ४, ५ हुँदै ९, ७, ८ र बढीमा पाँच सय रुपियाँ दरका टिकट छन् । एक समय पाँच रुपियाँ ४० पैसामा रजिष्ट्ररी चिठी पठाइन्थ्यो, पछि यसको मूल्य छ रुपियाँ भयो, पाँच रुपियाँ ४० पैसाको रजिस्ट्ररी व्यवस्था हटेपछि ४४ हजार पाँचसय थान हुलाक टिकट बेचल्तीको भई थन्कन पुगे । सरकारी निवेदन शुल्क १० रुपियाँ तोकिएपछि ९, ७, ८ रुपियाँका टिकटमा क्रमशः १,३ र २ रुपियाँको टिकट जोडेर १० रुपियाँ बनाई चलाइएको छ । चिठीपत्र रजिस्ट्ररी पार्सलमा जसरी सरकारी निवेदनमा पनि उत्तिकै हुलाक टिकट प्रयोग भइरहेको व्यवस्थापक पौडेलले बताउनुभयो । एघार रुपियाँ दरको हुलाक टिकट पनि चल्तीमा नरहेकोले तीन करोड ३७ लाख रुपियाँ बराबरका ३० लाख ६९ हजार टिकट भण्डारमा थन्किएको छ । गोरखापत्र

Print

LIVE TV