६ पुष २०७४, बिहीबार

काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न कम्तिमा २२ करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सगरमाथाको उचाईँ मापन गर्दा कम्तिमा २२ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान रहेको बताएका हुन् ।

‘उचाइ मापन गर्नलाई चाहिने आवश्यक सामग्री खरिद गर्दा निकै महँगो पर्छ हुदा नपुग्ने भए मन्त्रालयबाट थप रकम विनियोजित हुने भट्टले भने बताए । अर्थ मन्त्रालयले भने नापी विभागलाई चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

LIVE TV