५ पुष २०७४, बुधबार

सुर्खेतमा सुविधायुक्त कभर्ड हल निर्माण हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि प्रक्रिया अघि बढाएको हो।

जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा समितिले जिल्ला ब्याडमिन्टन संघलाई उपलब्ध गराएपछि संघले कभर्ड हल निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाउन लागेको छ। कभर्ड हल निर्माणका लागि समितिले करिब चार कठ्ठा जग्गा संघलाई हस्तान्तरण गरिएको छ।

ब्याडमिन्टन संघले कभर्ड हल निर्माणका लागि गत वर्ष महायज्ञ सञ्चालन गरेर एक करोड रुपैयाँभन्दा बढी रकम संकलन समेत गरिसकेको छ। संघका उपाध्यक्ष चेत अधिकारीका अनुसार, महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँ संकलन भएको थियो। जसमध्ये खर्च कटाएर बचत भएको एक करोड ३० लाख रुपैयाँबाट कभर्ड हल निर्माण गरिने उनले जानकारी दिए।

LIVE TV