५ पुष २०७४, बुधबार

नेपाली जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्य भनिएपनि पुराना र विक्री नभएका जुत्ता चप्पल राखेर विराटनगरमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना गरिएको छ । स्टक क्लियरेन्स भन्दै नेपाल जुत्ता घरको आयोजनामा गरिएको सो मेलामा ७५ रुपैया देखि ७५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको छ । विराटनगर स्थित जैन भवनमा एक महिना सम्म आयोजना गरिएको जुत्ता चप्पल व्यापार मेलामा नेपाली पाँच वटा उद्योगहरुका उत्पादनहरु राखिएको छ । सो मेलामा करिब ५ करोडको व्यापार हुने नेपाल जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

मेला उद्घाटन कार्यक्रममा जुत्ता चप्पल उद्योगीहरुले खुला सीमाका कारण हुने चोरी पैठारीले नेपाली जुत्ता चप्पल उद्योगलाई प्रभावित पारिरहेकोले सरकारले नाकामा कडाई गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

LIVE TV