५ पुष २०७४, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर विवादमा नल्याउन सरकारलाई चेतावनी दिएका छन् ।

बुधबार राजधानीमा आयोजित वाम गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकलौटी रुपमा ल्याइएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पारित गर्न दबाब दिएर राष्ट्रपतिलाई विवादमा नल्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

‘म आग्रह गर्न चाहन्छु, राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर विवादमा तान्ने प्रयास नगरौं । प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, यो गलत प्रयास हो,’ उनले भने ।

सरकारले अहिले रहेको विपक्षी दल लगायत कसैलाई पनि थाहा नदिएर ल्याएको अध्यादेश हुन्छ ? यो असंवैधानिक छ भन्दै एकल संक्रमणीय विधि मान्न नसकिने स्पष्ट पारे । बहुमतीय प्रणालीलाई जनमतले सदर गरिसकेको भन्दै एकल संक्रमणीय मा बखेडा नझिक्न कांग्रेसलाई आग्रह समेत गरे ।

LIVE TV