५ पुष २०७४, बुधबार

काठमाडौ । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर ब्वाईज फाइभ ए साइट फुटबलमा आयोजक दि एक्सेलसियरले सानदार जित निकालेको छ । बुधवार भएको खेलमा आयोजकले अक्षराको “बी” टिमलाई ७–० गोलले स्तब्ध बनायो ।

file picture

एक्सेलसियरको जितमा नायक बनेका सुभदिप रानाभाटले महत्वपूर्ण ५ गोल गरेका थिए । उनले खेल प्रारम्भ भएको ५ सेकेन्ड मित्र पहिलो गोल गदै टिमलाई अग्रता दिलाएका थिए । एक्सेलसियरका लागि अन्य २ गोल निमा दोर्जे गुरुङ र सकुसल पाण्डेले गरेका थिए ।

फाइभ ए साइट फुटबल अन्तरगत जुनियर ब्वाईजको अर्को खेलमा अक्षरा “ए” ले केभीएसलाई ३–० गोलले हरायो । जुनियर ब्वाईजकै अन्य खेलमा त्रिनेत्र बिद्या निकेतनले युरो किट्सलाई १–० गोलले हराउदा किट्स लनिङले पारामाउण्टलाई २–० गोलले स्तब्ध बानायो । त्यस्तै सिनियर ब्वाईजतर्फ माउण्टग्लोरीले स्वाणर््िाममाथी ८–० को सहज जित निकाल्यो । सिनियरतर्फ नै द इलिट्सले अक्षरालाई ३–२ गोल अन्तरले हराउदा त्रिनेत्र बिद्या निकेतन र शिशु निकुञ्जले २–२ गोलको बराबरी मा रोकिए ।

स्वयम्भु स्थित दि एक्सेलसियर स्कुलको कोर्टमा भएको सिनियर गल्स बास्केटबल स्पर्धामा ग्यालेक्सि पब्लिकले बृहस्पतीलाई १८–३ को स्कोरमा स्तब्ध बनायो । ग्यालेक्सिको जितमा बिनिता पन्तले सर्वाधिक १० स्कोर गरिन् ।

जुनियर ब्वाईजमा ग्रीनफिल्ड र माउण्टग्लोरीले सफलता निकालेका छन् । ग्रीनफिल्डले साइन मोडललाई २०–१० को स्कोरमा हराउदा सौरभ पौडेलले सर्वाधिक १० स्कोर गरे । माउण्टग्लोरीले बृहस्पतीलाई ६–२ को स्कोरमा हराउदा बिशाल लामाले ६ स्कोर गरेका थिए । सिनियर ब्वाईजमा आयोजक दि एक्सेलसियरले होलीभिजनलाई ३१–२० को स्कोरमा हराउदा रितेश बस्नेतले सर्वाधिक १६ स्कोर गरे ।

LIVE TV