५ पुष २०७४, बुधबार

नेपालको कुल जनसंङख्याको २८ दशमलब ५ प्रतिशत नेपालीहरु बहुआयामिक रुपबाट गरीब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल सरकार, राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको ओपिएजआईको सहकार्यमा तयार गरिएको सूचाङ्कले नेपालमा पहिलो पटक राष्ट्रिय बहुआयमिक गरिबी सूचाङ्क मापन गरेको हो ।

राष्ट्रिय योजना आयोयका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालमा मौद्रिक तथा गैर मौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्य प्रभावकारी भएपनि पोषण र शिक्षा क्षेत्रमा मानवीय बञ्चितिकरणको फैलावट कठिन नीतिगत चुनौती रहेको बताउनुभयो । उहाँले प्रादेशिक रुपमा विभाजित बहुआयामिक सूचाङ्कले मुलु्कको नयाँ संघीय स्वरुपको लागि प्रभावकारी नीति अंगिकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बहुआयामिक सूचाङ्कले नेपालमा स्थापना हुने ७ प्रदेशहरुमा गरिबीको दरमा भिन्नताहरु रहेको देखाएको छ। प्रदेश ६ र २ मा कुल जनसंङख्याको आधा गरिब, प्रदेश ५ र ७ मा ३० प्रतिशत गरिब रहेको देखाएको छ । त्यस्तै गरी प्रदेश ३ र ४ मा १५ प्रतिशतभन्दा कम गरिब रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । बहुआयामिक सूचाङ्क अनुसार नेपालमा शुन्य उमेरदेखि ९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिबीमा रहेको प्रष्ट पारेको छ ।

LIVE TV