५ पुष २०७४, बुधबार

काठमाडौैं। पत्रकारले अविवाहीत सेलिब्रेटी भेटिने बितिकै अत्याधिक सोधिने प्रस्न हो विवाह कहिले गर्ने ? यसको जवाफमा सेलिब्रेटीले  रेडिमेड जवाफ फर्काउने गरेका छन् ‘मंसिरमा’ ।

यो वर्षको मंसिरमा केही सेलिब्रेटीको लगन जुरेका छन् । लगन जुरेका सेलिब्रेटीहरु :

गम्भीर विष्ट र निश्मा घिमिरे

अभिनेत्री निश्मा र म्युजिक भिडियो तथा चलचित्रका नृत्य निर्देशक गम्भीरले केही समय अगाडि लगनगाँठो कसेका छन् ।उनीहरु केहि समय अगाडि देखिनै प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धलाई दुबैले परिवारको सहमतीमा लगनगाँठो कसे । कौशलटारमा नजिकका साथी र परिवारको उपस्थितिमा विवाह समारोह आयोजना भएको थियो ।

गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी ‘लभ यु बाबा’ चलचित्रमा निश्मा देखिएकी थिइन् । यो चलचित्रले व्यवसाय भने गर्न सकेन । लभ यु बाबा गम्भिरकै दाजु अभिनेता गजित विष्टले बनाएको चलचित्र हो । सौगात बिष्टको निर्देशन रहेको यो चलचित्रमा गजित मुख्य भूमिकामा रहेका थिए ।

राजबल्लभ कोइराला
राज बल्लभ कोइरालाले  चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर)प्रतिमा बिमलीसँग यहि मंसिरमा लगनगाँठो कसेका हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा उनीहरुको  विवाह सम्पन्न भएको हो। लामो समयदेखि प्रेमलाई उनले विवाहमा परिणत गरेका हुन् ।

मोनिका दाहाल
यो मंसिरमा अभिनेत्री मोनिका दाहालको पनि लगन जुरेको छ । काठमाडौ निवासी साइमन क्षत्रीसँग उनले विवाह गरेकी छन् । उनको वर परिवाले जुराइ दिएको थियो । काठमाडौकै एक पार्टी प्यालेसमा परिवारका सदस्य, आफन्त र सिमित साथीभाइको माझ उनले लगनगाँठो कसेकी हुन् । साइमन व्यवसायी हुन् ।

 

LIVE TV