
प्रेम सुनार
गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो ।
सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्यालको चिकित्सकले गिँजाको पिप निकालेपछि उनको मृत्यु भएको थियो । चिकित्सको लापरबाहीले सामान्य अवस्थाका रहेको ज्यान गएको आफन्तको आरोप छ । अर्यालको मृत्यूपछि उनका २१ वर्षीय छोरा अस्पत्तालमै बेहोस छन् । चिकित्सकको लापरबाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव मृतकको शव उठाईएको छैन । मालिका गाउँपालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले अस्पतालका लागि यो घटना नौलो नभएको बताउनुभयो । उहाँले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाउनुभयो ।
चिकित्सकहरु प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले शल्यक्रिया गरेका थिए । अस्पतालमा बनाव बढ्दै गएपछि प्रहरीले रेसुङ्गा अस्पतालका तीन जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएको छ ।