५ पुष २०७४, बुधबार

एजेन्सी । अभिनेता बलिउड स्टार अक्षय कुमार रहेको  फिल्म ‘ट्वाईलेट : एक प्रेम कथा’ बक्स अफिसमा जर्बजस्त हिट सावित भएको छ । यो फिल्म सामाजिक मुद्धामा बनेको हो । यो फिल्मलाई संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले पनि तारिफ गरेका छन् ।

बिल गेट्सले आफ्नो ट्विटर अकाउन्टमा फिल्मको तारिफ गर्दै लेखेका छन्, ‘‘ट्वाईलेट : एक प्रेम कथा’, न्यूली म्यारिड कपलमाथी आधारित बलिउड फिल्म हो । जसले दर्शकलाई भारतको स्वच्छतासँग जोडिएको चुनौती देखाइएको छ ।’

फाइल फोटो

ट्वाईलेट : एक प्रेम कथा’को निर्देशन नारायण सिंहले गरेको हो ।  ,अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेको छ।

फिल्मले गाउँमा ट्वाइलेट नभएपछि महिलालाई हुने समस्या देखाइएको छ । फिल्मले उठाएको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत तारिफ गरेको छ।

LIVE TV