५ पुष २०७४, बुधबार

५ पुस, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वाम गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवासमा पुगेका  छन् ।

राष्ट्रियसभाको निर्वाचन सम्बन्धी विषय लाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् ।यति खेर कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा जारी गर्न दवाब दिईरहँदा राष्ट्रपतिले गठबन्धनका नेतासँग छलफल गर्न डाकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कांग्रेस र एमाले बिच राष्ट्रियसभाको निर्वाचनको विषयलाई लिएर मतमतान्तर उब्जिएको छ ।एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने अडान राखेको छ ।

LIVE TV