५ पुष २०७४, बुधबार

लण्डन – म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पेनाल्टी सुट-आउटमा ४-३ ले हराउँदै इङ्ग्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्यानचेस्टर सिटीका लागि बर्नार्डो सिल्भाले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयको सातौं मिनेटमा लेस्टरका जेमि भार्डिले गोल गर्दै लेस्टरको आशा जीवित बनाएका थिए ।
थप समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सिटीका लागि इल्के गुन्डोगन, याया टुरे, लुकास मेचा र ग्याब्रियल जेससले आफ्नो पेनाल्टि परिणत गरेका थिए । त्यस्तै लेस्टरका लागि क्रिस्टियन फुक्स, ह्यारि म्याग्वेर र विन्सेन्ट इबोरा पेनाल्टीबाट गोल गर्न सकेन ।

LIVE TV