५ पुष २०७४, बुधबार

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा समायोजन भएर आएक कर्मचारी काम नपाएर घाम तापेर दिन बिताउँछन्।

काठमाडौं महानगरपालिकामा केन्द्रबाट काजमा खटिएर आएका २४ जना विभिन्न तहका कर्मचारी बागदरबारमा घाम तापेर बस्छन्। केन्द्र सरकारले जबर्जस्ती काजमा खटाएका ती कर्मचारीले न कुनै काम पाएका छन् न बस्ने ठाउँ नै। मौजुदा कर्मचारीबाटै कार्यसम्पादन भइरहेको काठमाडौं महानगरपालिकाको लेखाफाँटका लागि उपसचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी काजमा आएका छन्।

काजमा आएका कतिपय कर्मचारी सोर्सका भरमा सुगम मानिएका नगरपालिका रोजेर आएका हुन्। जिल्लाका शिक्ष, कृर्षी, स्वास्थ्य, मालपोत र पशु कार्यालयबाट समायोजन भएर आएका कर्मचारीले आफूले सम्पादन गर्दै आएको कामको पूर्वाधारसमेत लिएर स्थानीय तहमा जानुपर्ने व्यवस्था छ। तर उनीहरू समायोजन भएर आएको विषयगत कार्यालयबाट पूर्वाधार नलिई आएका कारण स्थानीय तहले काम लगाउन सकेको छैन। राजधानी दैनिक

LIVE TV