
पश्चिमी वायुको प्रभावका कारण देशैभर आंशिक बदली हुने भएको छ । उपत्यकासहित पश्चिम तराईमा हलुका वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ ।
मौसममा आएको बदलीका कारण बुधबार र बिहीबारसम्म देशका अधिकांश क्षेत्रमा बादल र हुस्सु लाग्दा घाम नलाग्न सक्ने मौसमविद् वरुण पौडेलले बताए ।
बिहीबार बेलुकादेखि भने मौसममा सुधार हुने प्रक्षेपण गरिएको छ । ‘आंशिक बदली हुँदा तराईमा सामान्य वर्षासमेत हुन सक्छ । तर, ठूलो पानी भने पर्दैन,’ ‘तर, आंशिक बदली हँुदा तापक्रम घट्दा चिसो थप बढ्न सक्छ ।’