५ पुष २०७४, बुधबार

वीरगञ्ज, ५ पुस । वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने खुलेको छैन ।

पर्साको गण्डकमा रहेको सुपर ग्यास कम्पनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् । आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आगो निभाउन गएका पाँच मध्ये दुई कर्मचारी सम्पर्कविहीन छन्। आगो भाउन गएको वारुण यन्त्र पनि जलेको छ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।आगालागी फैलने जोखिम बढेपछि ग्यास उद्योगनजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास राखेको ट्यांकीमा लिक हुँदा आगलागि भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन बारा, पर्साका बारुणयन्त्र ल्याइएको छ । यस्तै आगो नियन्त्रणमा आउन नसकेपछि भारतबाट समेत बारुण यन्त्र ल्याइएको बताइएको छ ।

LIVE TV