५ पुष २०७४, बुधबार

अमेरिका । अमेरिकामा अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले  तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गर्न लागेको छ।कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको उक्त विधेयक त्यहाँको तल्लो सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो महत्वपूर्ण विधायकी उपलब्धी हासिल गर्न लागेको रुपमा हेरिएको छ।

रिपब्लिकनहरुले कर प्रणालीमा हुने परिवर्तनले मध्यम वर्गीयलाई मद्दत गर्ने बताएका छन्।  डेमोक्र्याट्हरुले भने यो धनीहरु लक्षित रहेको टिप्पणी गरेका छन्। मंगलबारको तल्लो सदनमा भएको मतदानमा २२७ जनाले नयाँ कर प्रणालीको पक्षमा मतदान गरेका थिए। १२ रिपब्लिकनहरु र सबै डेमोक्र्याट सदस्यहरुले भने त्यसको विपक्षमा बोलेका थिए।

डेमोक्र्याट सांसद बारबरा लिले नयाँ कर कटौतीले तल्लो र मध्यम वर्गीय परिवारका लागि मर्का पर्ने भन्दै विधेयकको आलोचना गरेकी छन्।विधेयकले ठूलठूला व्यापारिक कम्पनीहरुले तिर्दै आएको करको दर ३५बाट २१ प्रतिशतसम्म स्थायी रुपमा कटौती गर्छ।मत सर्वेक्षणहरुले अमेरिकी मतदाता माझ यो विधेयक अलोकप्रिय रहेको देखाएको छ।

बीबीसी

LIVE TV